३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मिस काेच इन्टरनेसनल प्रतियोगिता हुने


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

20180830_175102
गाैरीगंज १४, भदौ / झापा मिडिया हाउसकाे अायाेजनामा नेपालमै पहिलाेपटक मिस काेच इन्टरनेशनल प्रतियोगिता २०१८ हुने भएकाे छ । नेपाल, भारत र बंगलादेशका काेच समुदायका युवतीहरूकाे अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उधेश्यले झापा मिडिया हाउसकाे अायाेजनामा प्रतियोगिता हुन लागेकाे विर्तामाेडमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।
प्रतियोगिताका लागि पहिलाे चरणका कार्यक्रमहरू असाेज १ गतेबाट शुरू हुने झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बंगलादेशबाट ३, भारतबाट १० र नेपालबाट ५० भन्दा बढीले सहभागिता जनाउने र विभिन्न चरणका अडिसनबाट २५ जना प्रतियाेगी छनाैट गरि अन्तिम प्रतिष्पर्धा गराईने छ ।
प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका काेच समुदायका युवतीले भाग लिन सक्ने बताए । भारतकाे अासामस्थित काेक्राझार,गुहाटी, शिलगढी, विहारसहित नेपालकाे विर्तामोड,विराटनगर, इटहरी, काठमाडौंमा अडिसन गरेर प्रतियाेगीहरूकाे छनाैट गरिने उनले बताए । कार्यक्रममा झापा मिडिया हाउसका सीइअाे याेगेश राजवंशी,इभेन्ट म्यानेजर दीपेश राजवंशी, मिडिया काेअर्डिनेटर सुष्मा राजवंशीले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । प्रतियोगिताकाे अासाम काेअर्डिनेटर काेच डेविड राेय, पश्चिम बंगाल काेअर्डिनेटर प्राे वेदधुती वर्मन, प्राेगाम म्यानेजर तथा काेरियाेग्राफरमा सपना राजवंशी, मेकअपमा नवीना राजवंशीलगायतकाे टाेली रहेकाे बताइएको छ ।
प्रतियोगिताकाे अडिसन असाेज ५ गतेदेखि अागामी कार्तिक १९ गते प्रतियोगिताकाे फाइनल गरिने झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशीले जानकारी दिए ।
cf33492f2bc312781f2c6a327c785055.0

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  १२ : ०९ बजे