१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इलाका प्रशासन कार्यालय गाैरीगंजले ८३ लाख रूपैयाँ भन्दा बढी उठायाे राजस्व


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

20180830_144127

गाैरीगंज १४, भदौ / इलाका प्रशासन कार्यालय गाैरीगंजले अार्थिक वर्ष २०७४/ ७५ मा राजस्वबाट ८३ लाख ५० हजार रूपैयाँ अाम्दानी गरेकाे छ । प्रशासनले उपलब्ध गराएकाे प्रतिवेदन अनुसार याे अाम्दानी अघिल्लो अार्थिक वर्ष भन्दा बढी हाे । अघिल्लो अार्थिक वर्ष २०७३/७४ मा कार्यालयले ७७ लाख १३ हजार ५ सय रूपैयाँ राजस्वबाट अाम्दानी गरेकाे थियाे । याे अाम्दानी कार्यालयले नागरिकता वितरण, नागरिकता प्रतिलिपी, नाबालक परिचय पत्र वितरण, राहदानी वितरण बाट अाएकाे राजस्व अाम्दानी हाे । अार्थिक वर्ष २०७४/७५मा नागरिकता प्रमाणपत्र १३ सय ४२जना महिला र ११ सय ८२ जना पुरूषले लिएका थिए भने वैवाहिक अंगिकृत नागरिकता ७२ जनाले लिएका थिए । त्यसैगरी नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६ सय ११ जना पुरूष र ४ सय ७९ जना महिलाले लिएका थिए । राहदानी कार्यालयबाट १५ सय ५२ र द्रुत सेवाबाट ४ सय १४ जनाले राहदानी लिएका थिए जुन अघिल्लो वर्ष भन्दा कार्यालयबाट राहदानी लिनेकाे संख्या कम हाे । नयाँ राहदानीका लागि ५ हजार रूपैयाँ शुल्क लिने गरेकाे छ भने द्रुत सेवालाई १० हजार रूपैयाँ दस्तुर लिने गरेकाे कार्यालयले जनाएकाे छ । अार्थिक वर्ष २०७५/७६ देखि कार्यालयले अनलाइन सेवा सुचारू गरेकाे छ । कार्यालयले दिएकाे जानकारी अनुसार मतदाता नामावलीमा छुटेका मतदाताहरूकाे फाेटाेसहितकाे मतदाता नामावली लिने कार्य गरिरहेकाे हुनाले कार्तिक मसान्त सम्म अाफ्नाे फाेटाेसहितकाे मतदाता नामावली सुरक्षित गर्न अनुराेध गरेकाे छ ।

20180830_144922

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ९ : २० बजे