४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एक नम्बर प्रदेशको नाम र राजधानी छिटो तोक्न माग


१३ भाद्र २०७५, बुधबार  

0
Shares

20180829_144334

विराटनगर १३, भदौ /
एक नम्बर प्रदेशका सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गरेका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने, महिला हिंसा अन्त्य गर्नुपर्ने, प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति कडा बन्नुपर्ने विषय उठान गरेका हुन् । सांसद जयराम यादवले प्रदेशको नाम र राजधानि तोक्न ढिलाइ गर्ननहुने बताउदै प्रदेशको कामलाइ प्रभावकारी बनाउन सरकारलाइ पनि पुर्णता दिन आग्रह गरे ।
उनले जतुवामा पाइपलाइनबाट बायोग्यास वितरण कार्यक्रमको उद्घाटनमा प्रदेश सरकारलाई अपमान गरिएको भन्दै यसप्रति गम्भीर बन्न आग्रह गरे । सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रदेश सरकारको विदा कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद उमिता विश्वकर्माले महिला हिंसाका घटनाहरु बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरिन् । यस्तै सांसद अगमलाल चौधरीले जनता आवास योजनाको कामलाई अगाडि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  ९ : ०० बजे