१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने


१३ भाद्र २०७५, बुधबार  

0
Shares

20180829_082214

विराटनगर १३, भदौ /
नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने भएको छ । राजधानी बाहिर पहिलोपटक विराटनगरमा राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने विराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भदौ १४ गतेदेखि सुरु हुन लागेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभागिता रहनेछ । कोशी अञ्चल इँटा व्यवसायी संघले विराटनगरमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । संघका अध्यक्ष महेन्द्र साहले महाधिवेशनमा एक अध्यक्ष सहित दुई उपाध्यक्ष, तिन सचिव, कोषाध्यक्ष र प्रादेशिक संरचनाअनुसार सातटा प्रदेशमध्ये ६ वटा प्रदेशमा संयोजक चयन हुने जानकारी दिए । यसैगरी महाधिवेशनबाट सात जना सदस्य निर्वाचन हुने र ५ जना मनोनित गर्ने व्यवस्था छ ।
महाधिवेशनमा काँचो इटाको विमा, शिक्षा, स्वास्थ्य तथा उद्योगको वातावरणको विषयमा छलफल हुनेछ । थप एजेन्डाका विषयमा महाधिवेशनको अघिल्लो दिन भदौ १३ गते छलफल हुने जनाइएको छ । महाधिवेशनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । नेपालमा १ हजारभन्दा बढी इँटा उद्योग छन् । त्यसमध्ये ८ सय उद्योग संघमा दर्ता छन् । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्य मुरारी रेग्मीले मुलुुकभर २ लाख ४० हजार मजदुर इँटा उद्योगमा कार्यरत रहेको र उद्योगले वार्षिक नेपाल सरकारलाई ७० करोडभन्दा बढी कर तिर्ने गरेको बताउनुभयो । वार्षिक ६ महिना सञ्चालन हुने उद्योगलाई राज्यले सहयोग नगरेको उद्योगीहरुको गुनासो छ । उद्योगका विकास तथा प्रादेशिक संरचनाअनुसार उद्योगलाई कसरी अगाडि बढाउने विषयमा समेत महाधिवेशनमा व्यापक छपलफल हुने रेग्मीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  २ : ३९ बजे