१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज प्याब्सनकाे अध्यक्षमा कमल राजवंशी सर्वसम्मत चयन


११ भाद्र २०७५, सोमबार  

0
Shares

20180901_191427

गाैरीगंज १६, भदाै / निजी तथा अावासीय विध्यालय अर्गनाइजेसन (प्याबसन) गाैरीगंजकाे अध्यक्षमा कमल प्रसाद राजवंशी सर्वसम्मत चयन हुनुभएकाे छ ।
झापाकाे विर्तामोडमा अाज प्याब्सनकाे पालिकास्तरिय अधिवेशनबाट अध्यक्षसहित ७ सदस्यीय कार्यसमिति चयन भएकाे हाे ।
समितिकाे सचिवमा श्यामनारायण राजवंशी, काेषाध्यक्षमा गाेपाल राजवंशी, सदस्यहरूमा विश्वराज ताजपुरिया, उमेश कुमार राजवंशी, तिलक प्रसाद सिंह राजवंशी र लक्ष्मी प्रसाद राजवंशी सर्वसम्मत सम्मत चयन हुनुभएकाे छ । अध्यक्ष राजवंशी क्रिमसन ईङ्गलिस बाेर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल हुन। त्यसैगरि अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा कल्पना थापा र चन्द्रमाेहन राजवंशी चयन हुनुभएकाे छ ।
जिल्लाकाे १५ वटा स्थानिय तहका प्याब्सन मध्ये १३ वटामा सर्वसम्मत समिति चयन भएकाे थियाे भने मेचीनगरपालिका र भद्रपुर नगरपालिकामा अध्यक्ष पदकाे लागि निर्वाचन प्रक्रियाबाट छनाैट गरिईदैछ ।

गाैरीगंज गाउँपालिका अन्तर्गत १६ वटा विध्यालय प्याब्सन झापामा सदस्य छन् । गाैरादह नगरपालिकामा भने भवानी पाठक अध्यक्षपदमा सर्वसम्मत चयन हुनुभएकने छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ९ : १५ बजे