३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

माईक्रोफाेनमा हाेईन सरकार मैदानमा भेट्नुु पर्याे सरकार: प्रवत्ता विश्व प्रकाश शर्मा


९ भाद्र २०७५, शनिबार  

0
Shares

biswaprakash3

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार माइक्रोफोनमा नभइ मैदानमा भेटिनुपर्ने बताएका छन्।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा शुक्रबार प्रहरीको चलाएको गोली लागेर १४ बर्षीय बालक शनि असनाको मृत्यु भएसँगै शर्माले सो ट्विट गरेका हुन् ।

उनले सरकारलाई काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ? भन्ने प्रश्न गरेका छन् । उनले ट्विटमा  ‘१,अनुसन्धाननै प्रश्नको घेरामा । २,नक्कली दोषी खडा गर्ने `अपराध´ । ३,अराजनैतिक अभिव्यक्तिले आगोमा घिउ। ४,गोलि लागेर चौध बर्षे बालकको जीवन समाप्ती । माइक्रोफोनमा होइन मैदानमा भेटिनु पर्‍यो सरकार !’ लेखेका छन् ।

महेन्द्रनगरमा मानवअधिकारको धज्जी उडाउदै प्रहरीले सर्वसाधारणको टाउको र छाती ताक्दै गोलि प्रहार गरेको छ। प्रहरीले गोलि चलाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।  पश्चिम नेपालको महेन्द्रनगरमा नागरिक प्रशासन माथी दमनमा उत्रिएको प्रहरी प्रशासनले ताकि ताकी गोलि प्रहार गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शुक्रवार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि लागेर उमेश देउवा, चेतन भट्ट, उमेश खुना र सगुन सुवेदी गम्भीर घाइते भएका छन्। देउवाको खुट्टामा, भट्टको पाखुरामा, खुनाको टाउको र खुट्टामा र सुबेदीको टाउकामा गम्भीर चोट लागेको जनाइएको छ ।

शुक्रबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथी प्रहरीले धरपकड र ताकी ताकी गोलि प्रहार गरे पछि दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। यति बेला महेन्द्रनगरमा प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

नेकपा नेतृत्वको सरकार कञ्चनपुरमा दमनमा उत्रिएको घटनाको काँग्रेसले विरोध जनाएको हो। काँग्रेसले जनताको विरोधलाई राजनीतिक ंग दिएकोमा समेत आपत्ति जनाएको छ।

  

 

 

 

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार  ८ : २७ बजे