१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अवैध मरिच प्रहरीद्वारा बरामद


९ भाद्र २०७५, शनिबार  

0
Shares

DSC00131

झापा ९, भाद्र /

झापा जिल्लाको मेचीनगर नगरपालिका-४ स्थित प्रसादगौडाबाट भाद्र ८ गते शुक्रबार प्रहरीले १ लाख ७५ हजार रुपैया बराबरको अवैध मरिच बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको सँयुक्त टोलीले शुक्रबार साँझ ७ बजे नेपालबाट भारत तर्फ चोरी निकासी हुँदै गरेको ३५० किलो मरिच सहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल बरामद गरेको हो ।

तस्करहरुले भारतीय डब्लुबि-७४-एजे-६६५, डब्लुबि-७४-पि-६२१२ नम्बर तथा नेपाली मे १ प ९१२१ नम्बरको मोटरसाइकल तथा ४ वटा साइकलमा राखेर ७ बोरा मरिच तस्करी हुँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बरामद मरिच तथा सवारी साधन अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार  ७ : ३४ बजे