३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हुलाकी सडकको स्तरोन्नती कार्य अपारदर्शी


१९ श्रावण २०७५, शनिबार  

0
Shares

sadak

गौरीगञ्ज १९, श्रावण / पश्चिममा रतुवा नदि देखि पुर्व किस्नी खोला सम्म गौरीगञ्ज गाँउपालिका क्षेत्र भित्र भइ रहेको हुलाकी सडकको स्तरवन्नती कार्य अपारदर्शी बन्न थालेको छ । यस सडकको स्तरोन्नातीबारे कुनै पनि सुचना सार्वजनिक नहुदा यस योजनामा ठुलै आर्थिक चलखेल भइ रहेको स्थानियहरुले आशँका गर्न थालेका छन् ।
शहरी बिकास तथा भवन निर्माण शाखा इलाम मार्फत भइरहेको भनिएको लगभग १ करोड बजेटको सो सडक स्तरोन्नती योजना बिना टेन्डर उपभोक्ता समिती मार्फत असारको अन्तिम साता देखि शुरु गरिएको हो ।
शहरी बिकासको योजना भनिएपनि यस योजनको लागि उपभोक्ता समिती भने गौरीगञ्ज गाउपालिकाले गठन गरेको हो । पचास हजार बजेट भन्दा मुनिका योजना को उपभोक्ता समिती बनाउदा समेत सार्वजनिक सुचना जारी गरि समिती गठन गर्ने गरेको गौरीगँज गाउपालिकाले यो १ करोड हाराहारीको योजनाका लागि भने कुनै सुचना नै जारी नगरि असारको पहिलो साता केदार ढुँगेलको सँयोजकत्वमा सुटुक्क उपभोक्ता समिती गठन गरेको थियो ।
यो उपभोक्ता समितो गठन कहिले र कहाँ भयो भन्ने बारे स्वयम् गौरीगँज गाउपालिकाका केहि निर्वाचित सदस्यहरु समेत अनभिज्ञ रहेको जानकारी प्राप्त भएको छ ।
सामान्यतया ५ लाख माथिको कुनैपनि निर्माण योजना शुरु गर्दा योजनाको लागत‚ सँझौता मिती‚ योजना सम्पन्न हुने मिती‚ ठेकेदार कम्पनीको नाम वा उपभोक्ता समितीको नाम स्पष्ट खुल्ने गरि योजना स्थलमा सुचना बोर्ड राख्नु पर्दछ । तर यो योजनामा सुचनाको बोर्ड त के‚ योजनाको लागत‚ सम्पन्न मिती र कस्तो सँझौता भन्ने बारे स्वयम् उपभोक्ता समितीका अध्यक्ष केदार ढुँगेल खुलस्त हुन चाँहदैनन् ।
यो योजना कति बजेटको हो भन्ने कुरामा उपभोक्ता समितीका अध्यक्ष ढुँगेल दोधारे कुरा गर्छन् । उनि भन्छन्— “यो सडकको लागि फिक्स सिलिङ बजेट छैन मोटामोटी १ करोडको काम हुन्छ होला ।” काम कहिले सम्म सम्पन्न गर्ने सँझौता छ भन्ने प्रश्नमा उनि भन्छन् —“सँझौता केहि छैन‚ सकेसम्म असार मसान्त सम्म सक्नु पर्ने हो नसके आपसी समझदारीमा कहिले सम्म सकिन्छ तहिले सम्म ।” अनि यस्तो सँझौता चाँहि को सँग भएको हो भन्ने प्रश्नमा उनले यो यस्तै हो तानतुन बजेटको सँझौता हो लिखित सँझौता छैन पछी कुरा गरोला भनि उनि पन्छिन खोजे ।
दस हजार बजैटको सरकारी योजना फर्च्योट गर्दा अनेको सौझाता भरपाइ र लिखित दस्तावेज बुझाउनु पर्ने अहिलेको अबस्थामा १ करोड हाराहारीको योजनामा लिखित सँझौता छैन भन्नु आफैमा हास्यस्पद र शँकास्पद कुरा हो ।
काम चालु अबस्थामा रहेपनि कुन ठेकेदारले काम काम गरेको हो भन्ने समेत स्पष्ट देखिएको छैन यसबारे पनि अध्यक्ष ढुँगेल खुल्न चाहदैनन् । “ठेकेदार छैन‚ हामी ब्यावशायिक साथीहरुलाइ कामको जिम्मा दिएका छौ ।” — उनि टालटुले जवाफ दिन्छन् ।
सडकको स्तर बारेको प्रश्नमा उनले बजारक्षेत्रमा सडक ८ मिटर र ग्रामिण क्षेत्रमा ७ मिटर फराकिलो तथा ५ इन्च मोटाइ को बन्ने कुरा गर्छन् तर इस्टिमेट छैन ।

यसैबीच अख्तियार अनुसन्धान आयोग इटहरीले गौरीगंजका ५ वटा बाटो र एक वटा कल्भर्टको अनुगमन गरेको छ । टोलीले अधिकांश बाटोको ग्राभेल र कल्भर्ट गुणस्तरहीन भएको बताएको छ । ती बाटो र कल्भर्टको सम्झौता फाइल सम्बन्धित सबै काजातहरु लगिएको छ ।

गौरीगंज दर्पनबाट

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार  ६ : ४४ बजे