१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पिछडा वर्गका विद्यार्थीलाई ब्याग वितरण


१० असार २०७५, आइतबार  

0
Shares

ppp

गौरीगंज / मधेशी मुस्लिम पिछडा वर्ग समिति वार्ड नं. ६ ले गरिब, जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी ब्याग वितरण गरेको छ । गौरीगंज गाउ“पालिकाको ३० हजार रुपैयाको आर्थिक सहयोगमा खजुरगाछी माविका मधेशी तथा पिछडावर्गका ४० जना विद्यार्थीलाई आइतबार ब्याग वितरण गरेको हो । खजुरगाछी माविको प्रांगणमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । कार्यक्रममा गौरीगंज गाउ“पालिकाका कार्यकारिणी सदस्य राधा अधिकारी, सदस्य उदिम कुमार राई, नेका महासमिति सदस्य तथा समाजसेवी घनश्याम रिजाल, इन्जिजियर सविन क्षेत्री, शिक्षक तथा कर्मचारीहरुो उपस्थिति थियो । कार्यक्रमको अध्यक्षयता समितिका अध्यग चन्दर प्रसाद यादवले गरेका थिए भने कार्यक्रमको संचालन कृष्ण महतोले गरेका थिए

प्रकाशित मिति : १० असार २०७५, आइतबार  ११ : ४३ बजे