१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा


३ असार २०७५, आइतबार  

0
Shares

1a

गौरीगंज ३, असार / गौरीगंज गाउँपालिकाले तीन महिनामा गाउ“पालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको छ । गाउँपालिकाले फागुन २६ गते बाट शुरु गरेको अभियानलाई तीव्रता दिदै आइतबार गौरीगंज माविको प्रागंनमा औपचारिकरुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको हो । गाउँपालिकाले यसको साथै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणासमेत गरेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी अतिथि, स्वंयसेविका, शिक्षक, कर्मचारी, विद्यार्थी, अभियानकर्ताले खुल्ला दिसामुक्त क्षेत्र तथा पुर्ण खोप सुनिश्चित गाउ“पालिका घोषणा प्रति सामुहिक प्रतिवद्वता तथा हस्ताक्षर गरेका थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार ७ हजार १ सय ४५ घर धुरी रहेको गौरीगंज गाउ“पालिकामा अभियान अन्तर्गत ४ हजार ८ सय ६८ चर्पी निर्माण गरी वितरण गरिएको थियो । जुन चर्पी बनाउनेमा गौरीगंज गाउ“पालिका जिल्लाकै दोस्रो बनेको छ । साबिक खजुरगाछी, गौरीगंज, कोरोबारी र महाभरा गाविस गाभेर गौरीगंज गाउ“पालिका निर्माण बनेपछिको यो ऐतिहासिक घोषणाले गौरीगंजबासीमा खुशी छाएको गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । ‘सबैको साथ, सहयोग र प्रतिबद्वताका कारण हामीले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सफल भएका छौ’ उनले भने ‘यसमा सबैलाई धन्यबाद दिन चाहन्छु । ’ कार्यक्रममा पुर्णखोप सुनिश्चित गाउ“पालिका घोषणाको कार्यपत्र स्वास्थ्य संयोजक विकाश पौडेलले प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तर्गत गाउ“पालिकाको ०–१५ महिना र १६ – २३ महिनाको तीन वर्ष देखिको खोपको लक्ष्य अनुसारको प्रगति देखिन आएकोले पूर्ण खोप सुनिश्चित गाउ“पालिका घोषणा गरिएको हो । पूर्ण खोप भन्नाले जन्मेदेखि १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार बी.सी.जी. को एक मात्रा, डी.पी.टी.–एच.ई.पी. बी. –एच.आई.बी.को तीन मात्रा, पोलियो को तीन मात्रा, पी.सी. भी.को ३ मात्रा, जे.ई को एकमात्रा र दादुराको २ मात्रा ९ महिना र १२ महिनामा पुरा भएपछि सम्झनुपर्छ । कार्यक्रममा जिल्ला समन्वय समितिका झापा उपाध्यक्ष मिना पराजुली, जिल्ला जनस्वाथ्यका कार्यालय झापाका प्रमुख मधुसुधन कोइराला, जिल्ला समन्वय समितिका सदस्य चन्द्र सुब्बा, जिल्ला जनस्वाथ्य कार्यालयका अधिकृत देवराज कार्की, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख यज्ञप्रसाद आचार्यलगायत खानेपानी तथा सरसफाई कार्यालय प्रतिनिधी अभियानकर्तालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ असार २०७५, आइतबार  १ : ०४ बजे