३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आदीवासीहरुले मनाए सिरुवा पर्व


१ बैशाख २०७५, शनिबार  

0
Shares

siruwa3
गौरीगंज१, बैशाख/ झापाको गौरीगंज खजुरगाछी क्षेत्रमा रहेका आदीवासीहरुले नयाँ वर्ष तथा सिरुवा पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै विविध कार्यक्रम आयोजना गरेका छन् । आदीवासी जनजाती लक्षित आयोजना अन्तर्गत सिरुवा पर्व मनाउन गौरीगंज वार्ड नं. ५ र ६ का आदीवासीहरु सहभागी भएका थिए । पानी, काद र रङ्ग खेल्दै शुभकामना आदान प्रदान गर्दै सिरुवा पर्व मनाएका हुन । दक्षिण क्षेत्रमा रहेका आदीवासीहरुको गहनाको रुपमा रहेको सिरुवा पर्वका साथै रितीरिवाज, परम्परा, संस्कृतिलाई बचाई राख्न वक्ताहरुले जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलेृ आदिवासीहरुले मनाउदै आएको चाड पर्वलाई जोगाउन साथै लक्षित समुदायको शिक्षा, स्वास्थ्य र सिपमुलक कार्यक्रमका लागि गाउ“पालिकाका तर्फबाट ५० लाख रुपैया“ विनीयोजित गरेको जानकारी गराए । आयोजककी अध्यक्ष आमासी राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कार्यकारिणी सदस्य राधा अधिकारी, लिलादेवी गन्गाई, वडा नं. ५ का वडा अध्यक्ष विजय गन्गाई, वडा सदस्यहरु उदिम राई, राजेन्द्र ताजपुरिया, पत्रकार आत्माराम राजवंशीले शुभकामना मन्त्व्य राखेका थिए । कार्यक्रममा कविता गणेशले स्वागत मन्त्व्य राखेको कार्यक्रममा नौताली राजवंशीले सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार  १० : ४१ बजे