१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश प्रमुखद्वारा संसदमा सम्बोध


३० चैत्र २०७४, शुक्रबार  

0
Shares

gobind

विराटनगर ३०, चैत / प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङले बजेटको पूर्वसंध्यामा प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन् । बिहीबार बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेश प्रमुख तम्बाहाङले प्रदेश सरकारको नीति तथा कार्यक्रमको झल्का दिने गरी सम्बोधन गरेका हुन् ।

१३ मिनेट सम्बोधन गरेका तुम्बाहाङले संविधानको कार्यान्वयन सँगसँगै भारत र चीनसँग सीमा जोड्ने विराटनगर किमाथाङ्का सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । संघीयता कार्यान्वयनमा पर्याप्त भौतिक संरचना र वित्तीय अवस्था कमजोर भएको बताउँदै उनले प्रदेश सरकारले अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजना बनाएर प्रदेश सरकारका लागि आवश्यक कानुन र भौतिक संरचना निर्माणका काम अघि बढाउने जानकारी दिए ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम बनाउँदै कर्मचारीतन्त्रमा सुद्धिकरण ल्याउन आवश्यक कदम चालिने बताए । मानव अधिकारको संरक्षणमा जोड दिंदै भष्ट्रचारमा शून्य सनहशिलता कायम गर्दै दण्डहिनता र अपराध नियन्त्रणमा प्रभावकारिता ल्याइने तुम्बाहाङको भनाई छ ।

प्रदेशभित्र कृषि योग्य भूमिको उत्पादकत्वमा वृद्धि गर्न भू–उपयोगको सम्भाब्यता अध्ययन थालनी गरिने छ । प्रदेश प्रमुख तुम्बाहाङले भू–उपयोगका लागि जग्गा खण्डिकरणलाई निरुत्साहित गर्दै चक्लाबन्दीको नीति अवलम्बन गरिने छ । साना र मझौला कृषकहरुका लागि सहकारीको माध्ययमबाट आय आर्जन गर्दै जीवनस्तरमा सुधार ल्याउने नीति कार्यान्वयन गर्ने कामको थालनी गरिने छ । प्रदेशभित्रको पहिचानको रुपमा चिया अदुवा, अलैची, जुट, अम्लिसोलगायत नगदेबालीको उत्पादनमा वृद्धि गर्दै व्यवसायीकरण गरिने जानकारी दिए ।

तुम्बाहाङले चिया र अलैची जस्ता केही नगदे बाली विकासका निम्ती आर्गानिक जोन बनाउनेका लागि अध्ययनको काम प्रारम्भ हुने बताए ।

जनतालाई सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका निम्ती सरकारी अस्पतालको स्थरोन्नती गर्दै निजी अस्पतालहरुको नियमन गर्न छुट्टै संयन्त्रको विकास गरिने छ । यस्तै दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश विश्वविद्यालय र मेडिकल विश्वविद्यालयको स्थापनाका लागि पनि जोड दिइने प्रदेश प्रमुखले जानकारी दिए ।
विराटनगर विमानस्थलको स्तरोन्नती गरी अन्तर्राष्ट्रिय उडान भर्न संघिय सरकारसँग समन्वय गर्ने बताउँदै तुम्बाहाङले कर प्रणालीलाई सुदृढ गरी करको दायरा बढाइने बताए । प्रदेश सरकारले लगानी मैत्री नीति अवलम्बन गर्दै जाने उनको भनाई छ । प्रदेशभरिका सञ्चार माध्ययमको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि सुविधा सम्पन्न प्रतिष्ठानको स्थापना गर्ने कार्य थालनी गर्ने बताए ।

प्रदेश सरकारले प्लास्टिकका झोलालाई निरुत्साहित गर्दै बातावरणलाई प्रभाव पार्ने बस्तुको प्रयोगलाई निरुत्साहित गर्दै जाने निति अवलम्बन गर्ने बताए । प्रदेश सरकारले रुग्ण उद्योग सञ्चालनका लागि आवश्यकता अनुसार सञ्चालन गर्दै संविधानको कार्यन्यन, पुननिर्माण तथा आर्थिक विकासका विविध पक्षमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  ५ : ४२ बजे