३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सिरुवालाई लोप हुन नदिन आदिवासीहरु जुट्न थाले


२९ चैत्र २०७४, बिहिबार  

0
Shares

kadaha siruwa

बिर्तामोड २९ , चैत्र / आफ्नै मौलिक संस्कृति भएको महान पर्व सिरुवालाई लोप हुन नदिन पूर्वी नेपालका आदिवासीहरु जुट्न थालेका छन् ।
झापा जिल्लाका बिभिन्न स्थानमा सामुहिक सिरुवा कार्यक्रमको आयोजना गरी उनीहरु आफ्नो संस्कृतिको जगेर्नामा जागरुक बनेका हुन् ।बिगतमा पूर्वी नेपालमा वसोवास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई, माझी, धिमाल ,चौधरी लगायतका जातिहरुले बैशाख १ गतेदेखि ३ गतेसम्म आफ्नो सबैभन्दा ठूलो पर्व सिरुवालाई धुमधामकासाथ मनाउने गरेका थिए ।तर,केही बर्ष यता सिरुवा मनाउनेको संख्या घट्दै गएको छ ।सांस्कृतिक पहिचान भएको सिरुवा पर्वलाई लोप हुन नदिन यस बर्ष आदिवासीहरुले आफ्नो बसोबास रहेको ठाउँहरुमा सामुहिक सिरुवा पर्वको आयोजना गरेका हुन् । यसक्रममा आदिवासी समाज विकास समितिले बैशाख ३ गते बनियानीमा मुख्यमन्त्री शेरधन राईलाई बोलाएर सिरुवा कार्यक्रम गर्ने भएको छ ।राजवंशी, गन्गाई ,माझी र मुस्लिम जातिद्वारा संयुक्तरुपमा आयोजित त्यस कार्यक्रममा ती जातिबाट एकरएक जना ब्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष मोतीलाल राजवंशीले बताउनुभयो ।
नयाँ बर्षको शुरुवातसंगै बैशाख १ गते पानीको होली जल सिरुवा ,२ गते हिलोको होली काद सिरुवा र ३ गते रंगहरुको होली रंग सिरुवा खेल्ने आदिवासी समुदायको परम्परा रहेको छ ।त्यसैगरी चैत अन्तिममा पाएको सात प्रकारको सब्जी ‘सातसागी’ बैशाख १ गते खाने, आफ्ना कुल देवता र देवीको पुजा गर्ने,मेला भर्ने जस्ता परम्परा पनि आदिवासीहरुले मान्दै आएका छन् । गिर्दो आर्थिक अवस्था र अन्य जातिको सांस्कृतिक प्रभावका कारण आदिवासीहरुको आफ्ना मौलिक संस्कार संस्कृतिहरु हराउँदै गएको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी बताउनुहुन्छ । ।त्यसलाई हराउन नदिनका लागि राजवंशी समाज विकास समितिले पनि बैशाख ३ गते बिर्तामोडमा सामुहिक सिरुवा कार्यक्रम गर्ने भएको छ ।सैनिकमोडबाट याली शुरु गरी बिर्तामोडको मुक्ति चौक परिक्रमापछि सामुहिक सिरुवा खेलिने आयोजक समितिका सुरेन राजवंशीले बताउनुभयो ।त्यस्तै कोचिला गाभुर फ्रन्टले पनि बैशाख २ गते सिरुवा कार्यक्रम गर्ने भएको फ्रन्टका कोषाध्यक्ष हंश राजवंशीले बताउनुभयो ।
त्यसैगरी गौरीगंजमा पनि आदिवासी जनजाति समितिले पनि वैशाख १ गते सिरुवा पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको समितिका अध्यक्ष आमासि राजवंशीले बताउनुभयो

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  १ : ०६ बजे