३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

उपभोक्ता समितिलाई तालिम


२६ फाल्गुन २०७४, शनिबार  

0
Shares

upvokta samiti

गौरीगंज २६, फागुन / गाउँपालिकाबाट विनियोजित योजना तथा वजेटबाट आम उपभोत्तालाई प्रत्यक्षरुपमा लाभान्वित होस् भन्ने उद्येश्यले गौरीगंज गाउँपालिकाले ६ दिने अनुशिक्षण तालीमको आयोजना गरेको छ ।
गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने आवश्यक कागजात, योजनाको अनुगमन एवं मूल्यांकन, योजनाको जा“चपास, फरफराक र हस्तान्तरण, योजनाको सार्बजनिक परीक्षण योजनाको रकम निकासा एवं झुत्तानी प्रकृयाबारे फागुन २२ गतेबाट तालीम दिइएको हो । गाउँपालिकाका ६ वटै वडामा छुट्टाछुट्टैरुपमा तालिमको आयोजना गरिएको छ ।
गठित उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उपभोक्ता समितिको गठन एवं काम, कर्तव्य र अधिकार, उपाध्यक्ष दिपीन्द्र थापाले योजनाको अनुगमन एवं मूल्यांकन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पोखरेलले योजनाको सार्वजनिक परीक्षण, इन्जिनियर सविन क्षेत्रीले योजना सञ्चालन एवं प्राविधिक पक्ष, लेखापाल पवन पौड्यालले रकम निकासा एवं भुक्तानी प्रकृया, सचिव नारायण च“दराले योजना सम्झौता गर्दा चाहिने आवश्यक कागजातहरु, सचिव वीरेन्द्र खड्काले योजनाको जा“चपास, फरफारक र हस्तान्तरणबारे सहजीकरण गरेका थिए ।
गठित उपभोत्ता समितिका सदस्यहरुलाई आयोजनाको सम्झौता फरफराक तथा निकाशा प्रक्रियामा बिना झन्झट तोकिएको समयमा योजना सम्पन्न होस भन्ने उद्येश्यले तालीमको आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  १२ : ४० बजे