१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै


२४ फाल्गुन २०७४, बिहिबार  

0
Shares

nari diwas

गौरीगँज २४, फागुन / आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।
सरकारले यस बर्षको महिला दिवसका लागि “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने राष्टिय नारा तय गरेको छ ।

यस बर्ष अन्तराष्टिय नारा भने Time is Now:Rural And Urban Activists Transforming Womens Lives रहेको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज महिला अधिकार र सशक्तिकरणका लागि बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
महिला दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसैबीच झापाको गौरीगंज गाउपालिकाका विभिन्न वडाहरुमा कार्यक्रमको आयोजना गरी नारी दिवस मनाएको छ । गौरीगंज गाउपालिकाको सभाहलमा गाउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन नृत्यसहित कार्यक्रम गरिएको थियो भने वार्ड नं. ५र ६ ले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी वडा नं. १ र २ ले पनि भव्यरुपमा नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । महिला हिंसा बन्द गर, बाल शोषण बन्द लेखिएको प्ले कार्डसहितको नारा लगाउदै बजार परिक्रमा गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार  १ : ४५ बजे