३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पिडितहरुलाई राहत बितरण


१५ फाल्गुन २०७४, मंगलबार  

0
Shares

agnu

गौरीगँज १५, फागुन / गत साउनमा भएको अबिरल बर्षाका कारण डुवानमा परेका पिडितहरुलाई आजदेखि पुन: राहत बितरण गरिएको छ ।
नेपाल सरकारले जिल्ला प्रसासन कार्यालय मार्फत १सय ३९ परिवारका लागि प्रति परिवार रु २५ हजारका दरले रु ३४ लाख ७५ हजार रुपैया पठाएको थियो ।
गत साउनमा भएको अबिरल झरिका कारण गौरीगँज गाउपालिकामा ५ सय भन्दा बढि परिवार डुवानमा परेका थिए भने २सय ५० भन्दा बढि परिबार पुर्ण रुपमा बिस्थापित भएका थिए । तर क्षति बिबरण सँकलनको जिम्मेबारी पाएका रेडक्रस सोसाईटीले बास्तबिक पिडित सम्म नपुगि हचुवाको भरमा बिबरण सँकलन गरेको र राहत पाउनेको लिस्टमा बास्तबिक पिडितहरु नपरेको जनगुनासो छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार  १२ : २० बजे