१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दस मिनेटमा सुरक्षाकर्मी घटना स्थालमा पुग्ने ः मन्त्री कार्की


१० फाल्गुन २०७४, बिहिबार  

0
Shares

karki

गौरीगँज १०, फागुन / प्रदेश नँ १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शहरी क्षेत्रमा फोन गरेको दस मिनेटमा र ग्रामिण क्षेत्रमा फोन गरेको आधा घण्टामा सुरक्षा कर्मी घटना स्थालमा उपस्थित हुने कुरा बताएका छन् । मन्त्री कार्कीले आजै सोहि अनुसारको निर्णाय भएको कुरा बताएका छन् । आज झापाको गौरीगँजमा पुर्व नेपाल बहुउद्देश्यीय सहकारी को नया भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अबका केहि दिनमै सुरक्षाकर्मीहरुको टोली फोन नँवर सहितको हरियो स्टिकर घर घरमा टाँस्न आउने कुरा बताएका छन् ।
प्रादेशिक सरकारमा मन्त्री बनेपछि पहिलो पटक यस क्षेत्रको ‍औपचारिक कार्क्रमा बोल्दै उनले गौरीगँजको फतेपुर सीमामा भन्सार कार्यालय राखिने र बहुप्रतिक्षित रतुवा पुल सहितको हुलाकी राजमार्ग अबको दुइ वर्षमा पुरा गर्ने बचन दोहोर्याएका छन् ।
गौरीगँजको समग्र विकास सँग जोडिएको हुलाकी राजमार्ग ओझेलमा पर्दा गौरीगँज बर्षौ देखि सरकारको उपेक्षामा परेको जनगुनासो छ ।
मन्त्री कार्कीले सहकारी को नयाँ भवनको उद्घाटन गर्दै जनताको प्रतयक्ष आर्थिक विकासमा सरकारीहरुको महत्वपुर्ण भुमिका रहेकाले पुर्व नेपाल सहकारीले स्थानीय जनताको आर्थिक उन्नतिमा हातेमालो गर्ने आशा गर्दै शुभकामना ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार  १२ : १९ बजे