१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजे‌टमा निगरानी राख्न पत्रकारलाई आग्रह


२९ माघ २०७४, सोमबार  

0
Shares

gaurugunj-660x330
गौ‌रीगञ्ज / गौ‌रीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रे‌ष्ठले‌ झापाली पत्रकारलाई आफ्नो‌ गाउँपालिकाको‌ चालु आवको‌ ५५ करो‌ड माथिको‌ बजे‌टमा अप्रत्यक्ष निगरानी राखिदिन आग्रह गरे‌का छन् ।

विवे‌चना दै‌निकले‌ आयो‌जना गरे‌को‌ एक दिने‌ आधारभूत पत्रकारिता तालिमको‌ उद्घाटन गदैर्‌ कार्यक्रमका प्रमुख अतिथि समे‌त रहे‌का गाउँपालिकाका अध्यक्ष श्रे‌ष्ठले‌ भने‌, ‘यो‌ बजे‌टले‌ चालु वर्षमा गाउँका वडा टो‌ल समृद्ध बनाउन हामी लागिपरे‌का छौ‌ँ, सञ्चारक्षे‌त्रले‌ निगरानी गरे‌र काम भए नभएको‌ छुट्याइदिनुपर्छ ।’ उनले‌ सञ्चारक्षे‌त्रले‌ राम्रो‌ कामको‌ प्रशंसा गर्न र नराम्रो‌ काम गनेर्‌लाई जनतामाझ उभ्याउन सक्नुपर्छ ।

गौ‌रीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपे‌न्द्र थापाले‌ वडा-वडाका गतिविधि सञ्चार माध्यममार्फत स्थानीयबासी समक्ष पुग्न जरुरी रहे‌को‌ बताए । उनले‌ भने‌, ‘समाचारले‌ पत्रकार खो‌जे‌को‌ छ तर पत्रकारले‌ समाचार दे‌खे‌को‌ नदे‌ख्यै‌ गर्नाले‌ कतिपय विकास निर्माणका कामले‌ स्याबासी पाएका छै‌नन् ।’ कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष कात्तिकलाल राजवंशीले‌ विवे‌चनासँग गौ‌रीगञ्ज गाउँपालिका सँगसँगै‌ हाते‌मालो‌ गनेर्‌ बताए । गाँउका शिक्षा, स्वास्थ्य, सञ्चार, विकास निर्माण, कृषि लगायतका विषयमा खो‌जमुलक समाचार सामग्री प्रकाशन गरिदिएर समाज रुपान्तरणमा सहयो‌ग गरिदिन समे‌त उनले‌ आग्रह गरे‌ ।

कार्यक्रममा ने‌पाली कांग्रे‌सका महासमिति सदस्य घनश्याम रिजाल, पत्रकार आत्माराम राजवंशी, स्थानीय समाजसे‌वी श्रवण गिरी लगायतले‌ पत्रकारिता सम्बन्धी आफ्नो‌ धारणा राखे‌का थिए ।

गाउँपालिकाका प्रत्ये‌क वडाबाट ५/५ जना सहभागी सो‌ तालिममा ४२ जनाको‌ सहभागिता थियो‌ । विवे‌चना दै‌निकका कार्यकारी सम्पादक विनो‌द सापको‌टा र प्रबन्धक एकराज प्रधानले‌ समाचार ले‌खन सम्बन्धी आधारभुत सिद्धान्त, विषय र पत्रकारिताको‌ सम्भावना र चुनौ‌ती बारे‌मा सहजीकरण गरे‌का थिए ।

प्रबन्धक एकराज प्रधानको‌ अध्यक्षतामा उद्घाटन भएको‌ तालिममा सहभागीका तर्फबाट सागर सुनुवार र सरस्वती राजवंंशीले‌ तालिम उपलब्धि मुलक रहे‌को‌ बताए । कार्यक्रमको‌ समापन सत्र गौ‌रीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रे‌ष्ठको‌ अध्यक्षतामा भएको‌ थियो‌ भने‌ प्रशिक्षार्थी मनु गौ‌तमको‌ प्रमुख आतिथ्यता रहे‌को‌ थियो‌ ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार  ५ : २१ बजे