१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अभियान नेपालद्वारा शैक्षिक सामाग्री वितरण


२८ माघ २०७४, आइतबार  

0
Shares

abhiyan nepal1

गौरीगंज २८, माघ / अभियान नेपाल विर्तामोडले आइतबार गौरीगंज गाउँपालिकाका बाढीप्रभावित विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरेको छ । गौरीगंज गाउँपालिकाकाको वार्ड नं.६ कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठको रोहबरमा ४८ जना बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
अभियान नेपाल र क्यारिटास नेपालको संयुक्त सहयोगमा कापी, ब्याग, कलर पेन्सिल, पेन्सिल विद्यार्थीलाई वितरण गरेको हो । कार्यक्रममा अभियान नेपालका कार्यकारी निर्देशक लोकनाथ खनाल, लेखा अधिकृत रन्जित चौधरी, सामाजिक परिचालक डोमनाथ खनाल, चन्द्रकला अधिकारी, वडा सदस्य उदिम राई, मुकेश कुमार साहलगायतको उपस्थिति थियो । अभियान नेपालले प्रत्येक वर्ष बाढी प्रभावित विद्यार्थीलाई राहत स्वरुप पोशाक तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार  १ : ०६ बजे