१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नयाँ सरकार बनाउन काँग्रेसले मार्ग प्रशस्त गरेको छ : प्रवक्ता शर्मा


२५ माघ २०७४, बिहिबार  

0
Shares

biswa prakash sharma1

झापा,२५ माघ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार बनाउन काँग्रेसले मार्ग प्रशस्त गरेको दाबी गर्नुभएको छ । काँग्रेसले मार्ग प्रशस्त गरेकै कारण नयाँ सरकार आउने क्रममा रहेको उहाँको भनाई छ ।

झापाको बिर्तामोडमा बिहीबार प्रेस युनियन झापाले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भन्दा पनि नयाँ सरकारलाई मार्ग प्रशस्त गरिरहेको जिकिर गर्नुभयो ।

राष्ट्रिय सभासम्बन्धी विधेयक जारी गराउनु, प्रदेश प्रमुखको नियुक्ती गर्नु, प्रदेशको अस्थिाई कार्यस्थल तोक्नु र राष्ट्रिय सभाको निर्वाचन गराउनु जस्ता कार्य नयाँ सरकारका लागी मार्ग प्रशस्त भएको उहाँको दाबी थियो

अहिलेको अवस्थामा काँग्रेस आफु रुपान्तरण हुनुपर्ने र संविधान कार्यान्वयन गर्न जिम्मेवारी ढंगले लाग्नुपर्ने सन्दर्भमा गम्भिर रहेको उहाले बताउनुभयो । उहाँले अबको काँग्रेस बदल्न आफुहरु लागेको भन्दै अब बदिल्न नचाहनेहरु नेतृत्वबाट बिदा लिने बताउनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार  १० : ४३ बजे