४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस प्रवक्ता शर्मा झापा आउदै


२४ माघ २०७४, बुधबार  

0
Shares

biswaprakash-1

गौरीगंज २४, माघ / नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन यहि माघ २५ गते आउदै छन् । पार्टीको प्रवक्ता भएपछि पहिलोपटक नेता शर्मा माघ २५ गते गृह जिल्ला आउन लागेका हुन् ।

कांग्रेस झापाका अनुसार प्रवक्ता शर्मा माघ २५ गते झापाको बिर्तामोडमा पत्रकारहरुसंग मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा अन्तरकृयामा सहभागी हुने छन् । नेपाल प्रेस यूनियनले आयोजना गर्ने साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माको सहभागीता रहने जनाईएको छ ।
यसैगरि माघ २६ गते क्षेत्र नम्बर २ को मेचीनगरस्थित कांकड्भिट्टामा हुने कार्यकर्ता भेटघाटमा सहभागी हुने छन् भने माघ २७ गते बिहान ११ बजे क्षेत्र नम्बर ५ ले गौरीगञ्जमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए ।

उनले कार्यकर्ता भेला भव्य रुपमा सम्पन्न स्थानीय पार्टी नेतृत्व परिचालन गरिएको बताए ।
यसैवीच मंगलवारनै झापा–७ ले कांग्रेसले अब भने संगठनलाई पनि पुनर्संरचना गर्ने भएको छ । पार्टीको झापा क्षेत्र नम्बर ५ को मंगलवार सम्पन्न बैठकले क्षेत्रीय समिति मातहतका पार्टी संगठन तल्लो तहसम्म नयाँ संरचना अनुसार समायोजन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

आगामी २५ गते सबै तहका वडा भेला बोलाई फागुन ७ गते सम्ममा वडा समायोजन गर्नका लागि निर्देशन दिईएको क्षेत्रीय सभापति भण्डारीले बताए ।

हालै सम्पन्न तिनै तहको निर्वाचनमा पार्टीले ठुलो पराजय भोगेकाले आगामी दिनमा पार्टी संगठनलाई शसक्त बनाउनका लागि सृढिढकरण अभियान सञ्चालन गरिने सभापति भण्डारीले बताए ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार  १२ : ०३ बजे