३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अखिल नेपाल शिक्षक संगठनद्वारा खेलकुद सामग्री वितरण


२१ माघ २०७४, आइतबार  

0
Shares

anto1

गौरीगंज २१/ अखिल नेपाल शिक्षक संगठनले गौरीगंज गाउ“पालिकाका ५ वटा विद्यालयलाई फुटवल वितरण गरेको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को प्रांगणमा आइतबार संगठनका केन्द्रिय उपमहासचिव सिताराम अधिकारीले उक्त फुटबल वितरण गरेका हुन् ।
उपमहासचिव अधिकारीले गौरीगंज गाउ“पालिकाका राष्ट्रिय प्रा.वि. गौरीयाडा“गी, जनता प्रा.वि जनता चौक, जनता वाल विकास प्रा.वि. देवीगंज, भगवती प्रा.वि., आदर्श प्रावि. हरिरालाई वितरण गरेका थिए । विद्यार्थिहरुको खेलकुदप्रति लगनशिलता बढाउने उद्येश्यले प्रत्येक विद्यालयलाई एक–एक वटा फुटवल वितरण गरिएको कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन गौरीगंजका अध्यक्ष प्रकाश चन्द्र राजवंशीले बताए । कार्यक्रममा गौरीगंज गाउ“पालिकाका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वडा नं. ५ का वडा अध्यक्ष विजय सिंह, वडा नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, पत्रकार आत्माराम राजवंशी, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत स्थानियहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार  १२ : ४४ बजे