३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

स्थानीय ‘न्यायाधिस’लाई मेलमिलाप र न्यायको सीप प्रदान


११ माघ २०७४, बिहिबार  

0
Shares

iii
इलाम ११, माघ / स्थानीय स्तरमा न्याय सम्पादन र विवाद निरुपणको काम गरिरहेका स्थानीय तहका उपप्रमुख तथा पार्टी प्रमुखहरुका लागि मेलमिलाप र पुनस्र्थापनामुखी न्याय सम्वन्धी तीन दिने अभिमुखीकरण बुधबार इलाममा सुरु भएको छ ।
सम्वाद समूह झापाको आयोजनामा भएको अभिमुखीकरणमा विवाद तथा द्धन्द्ध समाधानमा संवाद, मेलमिलापको भूमिका तथा पक्षहरुलाई वास्तविक न्याय कसरी दिन सकिन्छ भन्ने विषयमा आवश्यक ज्ञान, सीप र अनुभव आदानप्रदान भइरहेको छ ।
पुनस्र्थापनामुखी न्यायबारे नेपाल इन्स्टिच्यूट अफ जस्टीसका राम तिवारी, मेलमिलापको विषयमा मानव अधिकार मञ्च इलामका शिखरनाथ सापकोटा र वीरवहादुर खड्काले सहजीकरण गरिरहेका छन् ।
संवाद समूह झापाले शान्ति स्थापनामा निर्वाह गरिरहेको भूमिका, दलहरुको योगदान र भूमिका, संवादको आवश्यकता लगायतका विषयमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेका थिए ।
संवादबाट दलहरुवीच सहमति, सहकार्य भावनाको विकास भइरहेको र सामाजिक सद्भाव कायम राख्न महत्ववूर्ण योगदान पुगेको भन्दै सहभागीले प्रशंसा गरेका छन् ।
उनीहरुले न्यायमुखी संवाद र मेलमिलापको संस्कृति बढाउनुपर्नेमा जोड दिएका छन् ।
झापाका १० स्थानीय तहका उपप्रमुखहरु, राजीतिक दलका प्रमुखहरु तथा इलाम सुनसरी र मोरङका प्रतिनिधि गरी उक्त अभिमुखीकरणमा २४ जनाको सहभागिता छ ।
स्थानीय ‘न्यायाधिस’को परिचय पाएका स्थानीय तहमा न्यायिक समिति अन्तर्गत रहेर काम गरिरहेका उपप्रमुखहरु तथा विवाद निरुपणमा भूमिका खेलिरहेका राजनीतिक दलका प्रमुखहरुलाई उक्त अभिमुखीकरणबाट कार्य सम्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
विवाद निरपण,द्धन्द्ध रुपान्तरण र न्याय सम्पादनमा अभिमुखकिरण फलदायी हुने सहभागीको अपेक्षा छ । उक्त अधिमुखीरण सम्पन्न गर्नका लागि सहारा नेपाल र द एशिया फाउण्डेशनले सहयोग पुर्याएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार  १० : १८ बजे