१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश प्रमुखको शपथ केहीदिन पछि


४ माघ २०७४, बिहिबार  

0
Shares

pradesh

काठमाडौँ ४, माघ/सरकारले हिजाे नियुक्ति गरेका ७ प्रदेशका प्रमुखको शपथ ग्रहण दुई/चार दिन पछि मात्रै हुने भएको छ। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ दिलाउनु पर्ने हुन्छ।

त्यसका लागि सरकारले राष्ट्रपति समक्ष प्रमुख नियुक्त गरेको पत्र पठाउनुपर्ने हुन्छ।

तर, सरकारले अझै राष्ट्रपति समक्ष उक्त पत्र पठाएको छैन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव कुलप्रसाद चुडालले अहिलेसम्म सरकारबाट प्रदेश प्रमुख नियुक्त गरेको पत्र नआएको बताए। ‘हिजो रातीसम्म राष्ट्रपति कार्यालयमा सरकारको पत्र आइपुगेको छैन्,’ उनले भने,‘आज सार्वजनिक विदा हो, विदामा पक्रिया अघि बढ्दैन्।’

सरकाले आज सोनाम लोछारको सार्वजनिक विदा दिएको छ।

चुडालले सरकारबाट पत्र प्राप्त हुन साथ राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि बोलाउने बताए। ‘विदाका कारण पनि शपथ ग्रहण दुई/चार दिन पछि हुने भयो,’ उनले भने ,‘राष्ट्रपति ज्यु सकेसम्म चाँडै सपथ खुवाउने मनस्थितिमा हुनुहुन्छ।’

तर वाणिज्यमन्त्री मीन विश्वकर्माले राष्ट्रपति समक्ष प्रदेश प्रमुखहरूको शपथ ग्रहणका लागि पत्राचार गरिसकिएको बताए। ‘मन्त्रिपरिषद्को पत्र राष्ट्रपति कहाँ मुख्य सचिवमार्फत बुधवार नै पठाउने निर्णय भएको छ,’ उनले भने,‘ राष्ट्रपतिले आफ्नो अनुकूल र आवश्यकता अनुसार छिट्टै बोलाउनु होला।’

संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार प्रदेश प्रमुखले निर्वाचनको परिणाम घोषणा भएको २० दिन भित्र प्रदेश सभाको बैठक बोलाउनु पर्नेछ।

सो बैठक बस्नु अगाडि प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।

प्रदेश प्रमुखको नियुक्ति भएको सात दिनभित्र प्रदेशसभाको अन्तिम मत परिणाम उनी समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसै अनुसार निर्वाचन आयोगले बुधवार नै उक्त नतिजा घोषणा गरिसकेको छ।

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार  ५ : १३ बजे