१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सानो आकारको प्रदेश सरकार बनाउने : हिक्कमत कार्की


२५ पुस २०७४, मंगलबार  

0
Shares

hikmmat

मनकुमार गदाल
दमक २५, पुस /
झापा क्षेत्र नम्वर ५ बाट प्रदेश नम्वर १ को प्रदेश सभामा निर्वाचित हिक्कमत कार्कीले कार्य सम्पादनलाई सजिलो बनाउन सानो आकारको प्रदेश सरकार बनाउने बताउनु भएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रदेश सभासद कार्कीले ५ देखि ७ सदस्यीय प्रदेश सरकार बनाएर प्रदेश सरकारको आरम्भ गर्ने बताउनु भएको हो ।
धेरै विषयहरु जोड्र फजुल खर्च नहोस भनी जनताको काम सम्पादनमा सहजताका लागि सानो आकारको प्रदेश सरकार बनाउने नेता कार्कीले बताउनु भयो । एक नम्वर प्रदेशमा सरकार बनाउन वामगठवन्धनको सहकार्य हुने उहाँले बताउनु भयो ।
प्रदेश नम्वर १को राजधानी कहाँ राख्ने भन्ने विषय छलफल र संवादबाट नभए मतदानबाट टुङ्गगो लगाउने र माघको तेस्रो साता सम्ममा सरकार बन्ने नेकपा एमालेका नेता केन्द्रिय सदस्य समेत रहनुभएका नेता कार्कीले बताउनु भयो ।
प्रेस सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा पत्रकारले राखेको बिकास सम्वन्धिको जिज्ञासाको जवाफ दिदै नेता कार्कीले कम्युनिष्ट पार्टीले जनताले अनुभुति गर्ने खालका बिकास ,आर्थिक समृद्धिको काम नगरे जनताको आसा भरोसा तुहिने छ । त्यसो भयो भने नेपालको भविष्य पनि खतरामा पर्ने उहाँले बताउनु भयो ।सरकार , नेता इमानदार भएर काम गरेमा वजेटको अभाव नहुने साथै दुई छिमेकी मुलुक चीन र भारत प्रति जुन आशंका छ । त्यसलाई निवारण गर्दे चीन र भारतसंग वरावरीको सम्वन्ध कायम गर्ने नेता कार्कीको बुझाई छ ।

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार  १० : ४४ बजे