१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

७२ वटा सीमा स्तम्भ हरायो


२४ पुस २०७४, सोमबार  

0
Shares

simana pp

गौरीगंज/ झापाको गौरीगंज गाउ“पालिका अन्तर्गत नेपाल भारत सिमाना १० गजा क्षेत्रमा रहेका पिल्लरहरुमध्ये ७२ वटा हराएको पाइएको छ । सिमानामा रहेका पिल्लरहरु निर्माण मर्मत कार्यमा सहभागी रहेका नेपाल भारत संयुक्त प्राविधिक टोलीले दिएको जानकारी अनुसार झापाको रतुवा खेला देखि पूर्वको माई खोलासम्म साना ठुला गरी २२८ वटा पिल्लर रहेकामा ७२ वटा फेला नपरेको सशस्त्र प्रहरी वल वोर्डर आउट पोष्ट खजुरगाछीले जनाएको छ ।
नेपाल भारत संयुत्त टोलीका नापी विभाग उपसचिव शिव लम्सालका अनुसार पूर्व मेची देखि महाकालीसम्मका पिल्लरहरु मर्मत र निर्माणका क्रममा गौरीगंज क्षेत्रको १० गजाको पिल्लरहरु अवलोकन गरी निर्माण गर्ने कार्य शुरु गरेको छ । यस क्षेत्रमा रहेका १५ वटा मुख्य स्तम्भहरु मध्ये ४ वटा हराएका छन् । त्यसमध्ये २ वटा मर्मत गर्नु पर्ने, ९ वटा यथावत रहेका छन् । मझौला स्तम्भ ४ वटा नै यथावत रहेका छन् । साना स्तम्भ २०७ वटा मध्ये ६७ वटा हराएका छन् भने ११६ वटा यथावत रहेको, १६ वटा मर्मत गर्नुपर्ने र ४ वटा पुणर्निमाण गर्नुपर्ने जनाइएको छ । रिफ्ररेन्स स्तम्भ २ वटा मध्ये १ वटा मर्मत गर्नु पर्ने जनाइएको छ । संयुत्त टोलीका अनुसार अब निर्माण गरिने पिल्लरहरु विगतको भन्दा केही ठुलो आकारको हुने जनाइएको छ ।

simanaa details

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार  ६ : ५२ बजे