७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमाले र माओवादीले अधिनायकबाद लाद्न खोजेको छ ः डा. अधिकारी


२४ कार्तिक २०७४, शुक्रबार  

0
Shares

adhikari12

गौरीगंज / आसन्न निर्वाचन लोकतन्त्र र कम्युनिष्टहरुको बीचको लडाई भएको झापा क्षेत्र नं. ५ का नेपाली कांग्रेसतर्फका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले बताएका छन् । दमकमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा डा. अधिकारीले निर्वाचनमार्फत कम्युनिष्टहरुले (एमाले र माओवादी) सत्ता कब्जा गरी नेपालमा साम्यबाद ल्याई अधिनायकबाद लादन खोजेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आफुलाई धेरै ठाउमा केपी ओली सँग निहु खोज्न किन आएको भन्ने गरेको प्रसंग सुनाउदै ओली कुनै कालभैरब नभएको टिप्पणी गरे । उनले भने– ‘ ओली कुनै काल भैरब हैनन् जो संग म डराउनु परोस् ।’ आफ्ना प्रतिष्पर्धी ओली साधारण मान्छे भएकोले आफुलाई कहिले पनि डर नलाग्ने गरेको उनले बताए । ओली राजनितीमा आफु भन्दा खारीएको मान्छे भएको बताउदै अधिकारीले आफु पनि शिक्षामा खारिएकै मान्छे रहेको बताए ।

लोकतन्त्र नै संकटमा परेको बेला पार्टीले आफुलाई बिश्वास गरेर टिकट दिएको बताउदै उनले आफु यहि क्षेत्रको जनताको नोकर बनेर बस्न चाहेको बताए । उनले भने– ‘ साढे सत्र बर्ष सरकारको नोकर भएर काम गरे अब जनताको नोकर भएर काम गर्न आएको छु । मलाई राटो चुनाव प्रचार प्रसारमा सबैले आफुलाई र ओली लाई पनि भोट दिन्छु भनेकोले जनताको मत बराबरी आउने बताए ।

यद्यपी उनले ओलीको मतदाता नामावलीमा नाम नरहेकोले भोट आफुले आफैलाई हाल्न नपाउने भएकोले आफुले एक मतले जित्ने दाबी गरे । उनले भने– ‘मेरो मतदाता नामावलीमा नाम छ त्यसैले म आफुलाई आफैले भोट हाल्न सक्छु तर ओलीको नामावली नभएकोले उनले एक मतले पराजय भोग्नु पर्नेछ ।

उनले बाम गठबन्धनको ध्रुबिकरणले मुलुकलाई अधोगतिको दिशामा उन्मुख गराएको बताउदै यसलाई रोक्न लोकतान्त्रिक शक्तिहरु एक ठाउमा उभिन आवश्यक रहेको बताए ।
क्षेत्र नं. ५ (क) का प्रदेश सभाका उम्मेदवार अनिल कृष्ण प्रसाईले आफु कृषि बिज्ञ भएकोले यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने बताए । क ृषकका लागि वृहत योजना बनाई कृषि उत्पादनमा जोड दिने बताए । पत्रकार सम्मेलनमा ग्रामीण बाटोहरुलाई गा्रभेल गरी किसानले उब्जाएको फलफुल तरकारी बजारमा पुर्याउने वातावरण तयार गर्ने दाबी गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार  १२ : ५८ बजे