२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

वडा कार्यालयले सडकमा चौपाया बाँध्नेलाई कानुनी कारवाही गर्ने


२३ कार्तिक २०७४, बिहिबार  

0
Shares

गौरीगंज २३, कार्तिक / gaupalika 1 गौरीगंज गाउँपालिका वार्ड नंं. ६ वडा कार्यालयले वडा भित्रका बाटो वा बाटो छेउछाउमा चौपायाँ बाँध्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्ने सूचना जारी गरेको छ । आज सूचना टाँस गरी वडा भित्रका बाटो छोउछाउमा चौपायाँ बाध्ने र छाडा छोडने कार्यले सवारी साधनमा यात्रा गर्ने यात्रुहरु दुर्घटना भई जनधनमा क्षति पुर्याउने भएको हुदाँ त्यस्ता कार्य नगर्न नगराउन वडाबासीलाई अनुरोध गरेको छ । पशु चौपायाहरु छाडा नछोडी गोठमै व्यवस्थापन गरी पाल्न र सडक छेउछाउमा पशु बाँधेर यात्रुहरुलाई जोखिम हुनेगरी नचराउनसमेत सूचनामा सुझाएको छ ।
वडा नं. ६ का अध्यक्ष वद्रीनारायण यादवको हस्ताक्षरित सूचनामा सडक आसपासमा जग्गाधनीहरुले रोपेका रुखका हाँगाबिँगाहरु सडकमा झुकेर सडकको शोभा विग्रिएको साथै विद्युतका तारहरु समेत छोएर दुर्घटना निम्तिने सम्भावना रहेको हुदाँ सूचना टाँस गरेको २२ दिन भित्र रुखका हाँगाहरु छिमलिसकाउनु पर्ने जानकारी गराएको छ ।

suchna1

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार  ६ : ४९ बजे