१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहमा कृषि क्याम्पस


१७ कार्तिक २०७४, शुक्रबार  

0
Shares

nagrpalika2
गौरीगंज / झापाको गौरादहमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।

तत्कालका लागि गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालन हुने छ । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको छ ।

विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको र एक करोड रुपैयाँ विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन् । कृषिका लागि प्रचुर सम्भावना भए पनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन नसकेको उनको भनाइ छ । कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्न सक्ने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार  ५ : २१ बजे