१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्वाचनको मुखैमा तेलको भाउ बढ्यो


१६ कार्तिक २०७४, बिहिबार  

0
Shares

fuel-pump

विर्तामोड / नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ ।

निगमले आइओसीबाट नयाँ आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  १० : ११ बजे