१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाको पहिलो गाँस मै ढुङ्गा


२७ श्रावण २०७४, शुक्रबार  

0
Shares

image

गौरीगंज / गौरीगंज गाउँपालिकाको आज हुने भनिएको प्रथम अधिवेशन स्थगित भएको छ । गाउँपालिकाको परिषद सदस्यको गणपुरक संख्या अपुग भएकोले उक्त पहिलो अधिवेशन स्थगित भएको हो । गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिका वाड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं. २ का वडा अध्यक्ष अघ्नु प्रसाद राजवंशी, वडा नं. ३ का वडा अध्यक्ष मखना महतो, वडा नं. ५ का वडा अध्यक्ष विजय सिंह, वडा नं. ६ का वडा अध्यक्ष वद्री नारायण यादवसहित वडा सदस्य, महिला सदस्य, दलित सदस्यहरु अधिवेशन कार्यक्रममा उपस्थित नहुदाँ कार्यक्रम स्थगित भएको जनाइएको छ । उनीहरुले अधिवेशनको आन्तरिक छलफल र कार्यक्रमहरुको बारेमा कुनै सहमति नै नजनाई हतारमा अधिवेशन बोलाइएको अधिवेशनमा भाग नलिएको जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार  ११ : ५१ बजे