३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

यस क्षेत्रको विकासको लागि अहोरात्र खट्ने छु ः फुलबती राजवंशी


२७ जेष्ठ २०७४, शनिबार  

0
Shares

fulbati 1

नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारी सम्हालिरहेकी महिला नेतृ फुलवती राजवंशीलाई पार्टीले गौरीगंज गाउपालिकाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । गौरीगंज क्षेत्रमा विभिन्न संघ संस्थाहरुमा आवद्घ रहि नेतृत्व भुमिका निर्वाह गर्दै आएकी चिरपरिचित झापा जिल्लाको नेपाली कांग्रेसतर्फबाट एक मात्र अध्यक्षकी महिला उम्मेदवार हुन् । आदिवासीहरुको बाहुल्यता रहेको यो क्षेत्रमा उहांको उम्मेदवारीले विजयी हुने पार्टी कार्यकर्ता र आम मतदाताहरुको धारणा रहेको पाइन्छ । प्रस्तुत छ फुलवत्ती राजवंशीसंग पुर्व सन्देश दैनिकका लागि आत्माराम राजवंशी गरेको कुराकानी ।
१. गौरीगंज गाउ“पालिकामा नेपाली कांगे्रसको अवस्था कस्तो छ ?
उत्तर ः नेपाली कांग्रेसको अवस्था अन्य पार्टी भन्दा धेरै राम्रो छ । म घर घरमा पुगेको छु । हरेक व्यक्तिबाट नेपाली कांग्रेस पार्टीप्रति राम्रो प्रतिक्रिया पाए । किनभने नेपाली कांग्रेसको पहलबाटै गौरीगंज गाउ“पालिका बन्न सफल भयो । अवस्था सकारात्मक पाइएको छ ।
२. पार्टीले तपाईलाई विस्वास गरेर उमेद्घवार दिनुका कारणहरु के के हुन ?
उत्तर ः मैले यस क्षेत्रमा रही पार्टीको हरेक क्रियाकलापमा सक्रिय भई निरन्तर कार्य गरेकी छु । यस क्षेत्रका संघ संस्थामा रही कार्यकर्ता र नागरिकहरुको सेवा गरेकी छु । आदिवासीहरुको बाहुल्यता रहेको कारण मेरो उम्मेदवारीले विजयी हुने निश्चित भएकाले मलाई पार्टीले विस्वास गरेर उम्मेदवारी दिएको हो । मलाई विश्वास छ यस क्षेत्रमा रहनु हुने पार्टीका अगुवा कार्यकर्ताहरु, आममतदाताहरुले मलाई पुनः सहयोग गर्नुहुने छ ।
३. तपाईको उम्मेदवारीका विषयमा मतदाताहरु के भन्छन् ?
उत्तरः मेरो उम्मेदवारीको निर्णय भएपछि म कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त भएकी छु । मतदाताहरुले गौरीगंज क्षेत्रको विकास निर्माण कामले तिव्रता पाउनु पर्ने धारणा राखेका छन् । जसले विकास गर्छ हामी त्यस पार्टीलाई मतदान गर्छौ भनेका छन् । नेपाली कांग्रेस पार्टीले गौरीगंज क्षेत्रमा विकास निर्माणका लागि कहिले कसैसंग सम्झौता नगर्ने प्रतिवद्घता आफुले जाहेर गरी सकेकाले तमाम मतदाताहरुले मलाई मतदान गरी विजयी गराउनमा म विश्वसत छु ।
४. गौरीगंज गाउपालिकामा नेपाली कांगेस पार्टी भित्र अध्यक्षको उम्मेदवारीका विषयमा केही नेताहरुबीच असन्तुष्टि देखिएको छ नि ?
उत्तर ः यो असन्तुष्टि होइन । सहमतिमा पुग्ने प्रयास हो । नेपाली कांग्रेस पार्टी राष्ट्रकै ठुलो प्रजातान्त्रिक पार्टी भएकाले आकांक्षीहरु धेरै देखिनु स्वभाविक हो । जहा प्रतिस्पर्धा हुदैन अगाडी बढ्ने अवस्था पनि हुदैन । यसलाई मैले सकारात्मक रुपमा लिएकी छु । असन्तुट साथीहरुले पार्टीको संस्थागत निर्णय मानेर मलाई सहयोग गर्नु हुन्छ भन्ने म विश्वस्त छु ।
५. तपाई निर्वाचित भएमा गौरीगंज गाउ“पालिका भित्र के के गर्ने योजना बनाउनुभएको छ ?
उत्तर ः म गौरीगंज गाउपालिकाको अध्यक्षमा निर्वाचित भएमा गरिबी, बेजोरगारी समस्याको अन्त्य गर्ने पहल गर्ने छु । यस क्षेत्रमा रहेका नागरिकहरुको जिवनस्तर उकास्न सीपमुलक र स्वरोजगारको लागि तालिमको आयोजना गर्ने छु । यस क्षेत्रमा रहेका सडकहरुको स्तरउन्नोति गरी स्तरिय ग्राभेल गर्नुको साथै मुख्य सडकहरुलाई कालोपत्रे गर्ने छु । खजुरगाछीमा रहेको आठमौजा छोटी भन्सार कार्यालयको स्तर उन्नति गरी कर आयको दायरा बढाउने छु । गौरीगंज गाउपालिकाको ६ वटै वडाका मुख्य बजार तथा बाटोहरु मर्मत र निर्माण, स्वास्थ्य, खानेपानीको व्यवस्था, पुल कल्भर्टको निर्माण मर्मत गर्ने छु । मुख्य बजारहरुमा सडक बत्तीका व्यवस्था गर्नुको साथै बजार सरसफाई गरी बोट विरुवा रोपी हरित गाउपालिकाको रुपमा विकास गर्ने छु । युवाको लागि खेल मैदान, खजुरगाछी बजारस्थित त्रिभुवन आदर्श पुस्तकालयलाई व्यवस्थित गरी सञ्चालन गर्ने,सशस्त्र प्रहरी बल गौरीगंज र अतिथि सदनको भवन निर्माण गर्ने पहल गर्ने छु । मठ मन्दिर, महाराजथान, मस्जिदलागयतको संरक्षण र संवद्र्घन गर्ने छु । यसलाई विशेष गुरु योजना तयार गरी पर्यटकीयस्थलको रुपमा विकास गर्ने छु । स्कुल, क्याम्पस, मठ मन्दिर, अस्पताल, पुस्तकालय, खेल मैदान, अतिथी सदन, खानेपानीलगायतका सार्वजनिक हितका लागि जग्गा दिने जग्गादाताहरुको अभिलेख राखि विशेष सम्मान गर्ने व्यवस्था मिलाउने छु । महिला , बालबालिकालगायत लक्षित वर्गहरुको सशक्तिकरणका लागि विशेष कार्यक्रमको आयोजना गर्ने छु । गौरीगंज गाउ“पालिकाको ६ वटै वडालाई छुने गरी मिनी रिङ्ग रोड निर्माण गर्न आवश्यक पहल गर्नेछु ।

६. अन्त्यमा केही भन्नु हुन्छ की ?
उत्तर ः मलाई पार्टीले गौरीगंज गाउपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा अगाडि उभ्याएको छ । म विजय भएमा पार्टीको निर्णयलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकासको लागि अहोरात्र खट्ने छु । समाज सेवा गर्ने छु । गाउपालिकालाई गुरु आयोजना तयार गरी देशकै नमुना गाउपालिका बनाउन प्रतिवद्घता व्यक्त गर्दछु । त्यसैले अब हुने स्थानिय निर्वाचनमा सातै वटा रुख चिन्हमा छाप लागाई नेपाली कांग्रेसका सबै पदाधिकारीहरुलाई विजयी गराउन हुन सम्पुर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार  ८ : ४६ बजे