३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोचिला गाभुर फ्रण्टको दोस्रो केन्द्रिय महाधिवेशन चैत १२ गते हुने


११ चैत्र २०७३, शुक्रबार  

0
Shares

kochila image
विर्तामोड / कोचिला गाभुर फ्रण्टको दोस्रो केन्द्रिय महाधिवेशन शनिबार बिर्तामोडमा हुने भएको छ ।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पूर्व गृहराज्यमन्त्री एवं राजवशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीले उद्घाटन गर्ने महाधिवेशनमा झापा, मोरङ र सुनसरीबाट १ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने जानकारी दिइएको छ ।
महाधिवेशनलाई भव्य र सभ्य बनाउन आर्थिक उपसमिति, प्रचारप्रसार, व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको आयोजक समितिका संयोजक मुनिलाल राजवंशीले बताउनुभयो ।
गाभुर फ्रण्टका केन्द्रिय अध्यक्ष भरत राजवंशीले महाधिवेशनले आन्दोलनको स्वरुप तय गर्दै नया नेतृत्व चयन गर्ने बताउनुभयो । नया नेतृत्वको लागि तिलचन राजवंशी, मोहन राजवंशी र अभय राजवंशीको दावेदारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७३, शुक्रबार  ८ : ०७ बजे