१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

होलीको सार्वजनिक विदाप्रति रासविसको आपत्ति


२९ फाल्गुन २०७३, आइतबार  

0
Shares

holi

गौरीगंज / सरकारले होली पर्व (डोल पावनी) को अवसरमा दिएको सार्वजनिक विदाप्रति राजवंशी समाज विकास समिति झापाले आपत्ति जनाएको छ । झापामा बसोबास रहेको आदिवासी समुदायले विशेष गरी भोली फागुन ३० गते होली पर्व (डोल पावनी) मनाए पनि हचुवाको भरमा दिएको सार्वजनिक विदाप्रति समितिले आपत्ति जनाएको हो । समितिले आइतबार विज्ञप्तिमार्फत पहाडी जिल्लालगायत झापामा आज आइतबार विदा दिएकोमा त्यसप्रति ध्यानाकर्षण गराउदै मन्त्रिपरिषदले गरेको निर्णय तत्काल सच्चाउन माग गरेको छ । तत्कालिन के.पी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले फागुन २९ गते झापासहित पहाडी जिल्लालाई होलीको विदा दिने निर्णय गरेको थियो । सोमबार भोली तराईका २१ जिल्ला (झापा बाहेक)मा सार्वजनिक विदा दिइएको छ । झापामा दिइएको सार्वजनिक विदाको निर्णय सरकारले नसच्चाए कडा आन्दोलन गर्ने समितिका अध्यक्ष पुकार चन्द्रसिंह राजवंश्ीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

bigyapayti

प्रकाशित मिति : २९ फाल्गुन २०७३, आइतबार  १२ : ०५ बजे