१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सम्पादक काफ्लेलाई सम्मानसहित पुरस्कार


२४ फाल्गुन २०७३, मंगलबार  

0
Shares

kafle
सुरुङ्गा / साझामञ्च डट कम अनलाइन न्यूजपोर्टल र साझामञ्च मासिक खबरपत्रिकाका सम्पादक गोपाल काफ्ले आज एनएमसी वर्ष उत्कृष्ट सञ्चारकर्मी २०७३ बाट सम्मानित र पुरस्कृत भएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको २४औं वार्षिकोत्सव समारोहमा पूर्वअर्थमन्त्री डा. रामशरण महतसहित संस्थाका पदाधिकारी र अथितिबाट नगद ११ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रबाट उनलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

२०५४ सालदेखि व्यवसायिक पत्रकारिता गरिरहेका काफ्लेले झापा जिल्लाको सहकारी अभियानमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उत्कृष्ट सञ्चारकर्मी पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७३, मंगलबार  १२ : २४ बजे