४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संघीय गठबन्धनद्वारा नेपाल बन्दसहित देशब्यापी आन्दोलनको घोषणा


२४ फाल्गुन २०७३, मंगलबार  

0
Shares

band
काठमाडौ / संघीय गठबन्धनले सप्तरी घटनाको विरोध गर्दै नेपाल बन्दसहितका आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । मंगलबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

बैठकले फागुन २६ गते देशब्यापी रूपमा प्ले कार्डसहित र्‍याली पर्दर्शन र विरोध सभा काठमाडौंमा विरोध र्‍याली र प्रदर्शनी, फागुन २७ गते नेपाल बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

त्यसैगरी गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको छ। उक्त समय सीमाभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा संघीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७३, मंगलबार  १२ : ०५ बजे