१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इसाई समाजद्वारा रक्तदान कार्यक्रम


१९ माघ २०७३, बुधबार  

0
Shares

blood

गौरीगंज / इसाइ समाज क्षेत्र नं. ६ झापाको आयोजनामा रत्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस दमकको प्राविधिक सहयोगमा २१ जनाले रक्तदान गरेका थिए । गौरीगंज गा.वि.स.को प्राङ्गणमा मंगलबार भएको कार्यक्रममा डा. सिद्वार्थ दाहाल नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेको हो । इसाई समाज क्षेत्र नं. ६ का पुर्व अध्यक्ष गोपालमान राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता राम कुमार ताजपुरियाले गरेका थिए । समाजका सचिव आशिष प्रधानले सञ्चालन गरेको कार्यक्रममा रक्तदान गरेका व्यक्तिहरुलाई फलफुल, जुस, जेरी, पानी खुवाएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७३, बुधबार  ११ : ३२ बजे