१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट


४ माघ २०७३, मंगलबार  

0
Shares

nepal-china-1

काठमाडौं , ४ माघ / नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कार्यक्रममा सहभागी हुन चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार नै काठमाडौं आइपुगेको छ ।

सिन्हृवा न्यूज एजेन्सी काठमाडौं ब्यूरो र नेपाल स्टडी सेन्टरको आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा नेपाल चीन सम्वन्धका आधार, चासो र पूर्वाधार विकासबारे छलफल हुनेछ ।

पूर्व प्रधानमन्त्री केपी ओली प्रमुख आतिथि रहेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ र कमल थापा, कांग्रेस महामन्त्री शंशाक कोइराला लगायतले पनि धारणा राख्नेछन् ।

चिनियाँ टोलीमा भने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्यका साथै पूर्वाधार विकासका विज्ञ समेत छन् ।

प्रकाशित मिति : ४ माघ २०७३, मंगलबार  ८ : २० बजे