१२ माघ २०८१, शनिबार | Sun Jan 26 2025

संविधान संशोधन प्रस्ताव भोलि पेश हुन्छः प्रधानमन्त्री


२३ पुस २०७३, शनिबार  

0
Shares

prachnd
काठमाडौं, पुस २३ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार)को संसद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने बताएका छन्। शान्ता श्रेष्ठले लेखेको ‘मान्छेभित्र मान्छे’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संविधानको स्वीकार्यता बढाउन ल्याइएको संशोधन प्रस्ताव नरोकिने बताए।

उनले संशोधन प्रस्तावसँगै निर्वाचनसँग सम्बन्धित कानुन र अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोगमाथि छलफल बढाइने बताए।

प्रधानमन्त्री दाहालले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्न नै संशोधन गर्नुपर्ने अवस्था आएको दाबी गरे। उनले संशोधनसँगै निर्वाचनको प्रक्रिया पनि अघि बढ्ने जनाए।

आइतबार नै संसदमा संविधान संशोधनको प्रस्ताव, अख्यितार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग र निर्वाचन सम्बन्धी विधेयक एकैसाथ अघि बढाउने तयारी भएको प्रम दाहालको भनाइ थियो।

हिमाल, पहाड र मधेसलाई साथमा लिएर मात्र राष्ट्रिय एकता बलियो हुने दाहालको कथन छ। जनजाति, मधेसी, थारु, मुस्लिम, महिला र पीछडिएका वर्गको लागि समान अधिकार स्थापित गर्ने संविधानको पक्षमा छु, उनले भने, ‘मधेसीलाई पेलेर राष्ट्रियता बलियो हुँदैन।’

प्रम दाहालले आफूलाई अप्ठ्यारो भन्दा पनि देशलाई नै अप्ठ्यारो भएको जनाउ दिए। ‘देशको अप्ठ्यारो नै मेरो पनि अप्ठ्यारो हो’, उनले भने।

संविधान कार्यान्वयन गरेर राष्ट्रलाई कसरी एकताबद्ध राख्ने भन्ने चुनौति रहेको प्रम दाहालले स्वीकारे।

प्रकाशित मिति : २३ पुस २०७३, शनिबार  ११ : ०६ बजे