२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

कर्मचारीलाई कारवाही सिफारिस, बुझाएनन् सम्पत्ति विवरण


२० पुस २०७३, बुधबार  

0
Shares

काठमाडौं / sampat उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन्।

नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पति विवरण बुझाएको केन्द्रले जनाएको छ।

यसरी समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिए।

प्रकाशित मिति : २० पुस २०७३, बुधबार  ३ : २८ बजे