३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

‘पैसा छैन, उपचारको लागि म कहाँ जाउँ ?’ – रोममणि राजवंशी


२५ भाद्र २०७३, शनिबार  

0
Shares

भद्रपुर / हुनेखाने त राम्रा सुविधा सम्पनन् अस्पतालमा जालान् उपचारका लागि । तर हुँदाखानेहरुलाई कुनै विरामीले च्यापे के होला ? त्यस्को एउटा उदाहरण हुन भद्रपुर-११ झापाका bbc nepali

मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका राजवंशीलाई विगत चार महिनादेखि कलेजो, मृगौला लगायतका अंगहरुमा गम्भीर रोग लागेको छ ।

भद्रपुर ११ घोडामाराका रोममणि राजवंशीलाई चार महिनाअघि अचानक पेटमा समस्या आयो । अर्काको घरमा मजदुरी गर्दै आएका उनलाई अस्पताल नगइ नहुने अवस्था आयो र झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालको आकस्मिक वार्डमा भर्ना भए । चेकजाँचपछि आएको रिपोर्टका आधारमा चिकित्सकहरुले उनलाई अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिए । तर उनी जान सकेका छैनन् ।

मेची अञ्चल अस्पतालका चिकित्सकहरुका अनुसार उनको कलेजो, प्यानक्रियाज तथा मृगौलामा धेरैवटा मासुका डल्ला जस्ता सिस्ट पलाएको र उनलाई रक्त अल्पता समेत भएको छ ।

उनको परिवारमा श्रीमती, एक छोरा र चार छोरी रहेपनि तीन जना छोरीको भने बिवाह भइसकेको छ । केहि समय अघिसम्म परिवारको जग र सहारा बन्ने गरेका उनको सहारा अहिले कोही पनि छैन ।
मेडिकल वार्डको बेड नम्बर २७ मा उपचार गराइरहेका उनले गहभरी आँशु पार्दै भएको एउटा छोराले पनि उनलाई नहेर्ने गरेको दुखेसो सुनाएका थिए ।

एक चप्परी जग्गा समेत नभएका ६५ बर्षिय रोममणिको टाउकोमा उनी थलिए यताको चार महिनामा ३० हजार रुपैयाँ ऋण लागेको छ ।

रोममणिलाई आफ्नो स्वास्थ्यको चिन्ता एकातिर छ भने टाउकोमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता अर्कोतिर ।

सुक्दै गएको शरीर, सुन्निएको पेट देखाउँदै अस्पतालको बेडमा सुतेर भक्कानिदै आफ्ना कुरा राख्दै गर्दा वरपर बसेका अन्य विरामी तथा कुरुवाका पनि आँखा रसाएका थिए ।

सरकारी अस्पतालमा विरामी पत्ता लगाउने भरपर्दो उपकरण नभएका कारण रोममणि जस्ता विपन्न सर्वसाधारणले उपचार अभाव खेप्नुपर्ने बाध्यता छ ।

रोममणिको उपचार मेची अञ्चल अस्पतालमा सम्भव नभएपछि हाल उनी घरमै सहयोगी मनहरुको प्रतिक्षा गरिरहेका छन् । उनको उपचारमा सहयोग गर्न र सहयोगीहरुबाट सहयोग संकलन गर्न अहिले राजवंशी विकास समिति झापाका पुकार राजवंशी, संतोष राजवंशी लगायतका युवाहरु लागिपरेका छन् ।

यो समाचार पढेर बिपन्न रोममणिलाई सहयोग गर्न चाहानु हुनेहरुले पुकार राजवंशीको फोन नं ९८०७९१२६५५ र संतोष राजवंशीको फोन नं ९८१५०५६९८२/९८४२६२६०५४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७३, शनिबार  ७ : २३ बजे