३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक


२२ भदौ २०७३, बुधबार  

0
Shares

बिर्तामोड, २२ भदौ । चोरीका मोटरसाइलक सहित पक्राउ परेको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आज सार्वजनिक गरेको छ । झापाका विभिन्न स्थानबाट हिजो ६ जना र १० वटा मोटरसाइकल बरामद गरिएको थियो ।

moterजिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको विशेष टोलीले सुराकीको आधारमा प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा झापा चन्द्रगढी–८ का अशोक राजवंशी, बिर्तामोड–२ का सइदुल शेख, हल्दिरबारी–१ का राम भारती, भद्रपुर–१३ का दिपक राय, भारत दार्जिलिङका जीवन राजवंशी र भारत किसनगञ्जका मोहनद साईदुल रहेको इप्रका बिर्तामोडले जनाएको छ ।

प्रकाउ मोटरसाइकल बरामद भएको थाहा पाएपछि हालसम्म ५ जनाले जाहेरी दिएका छन् । त्यस्तै अनुसन्धानका क्रममा मोटरसाइकलका ब्लुबुक नभएका ५ थान मोटरसाइकल पनि बरामद गरिएको कार्यालयले जनाएको छ।

पक्राउ परेकालाई सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेका छ। मोटरसाइकल चोरी हुनेक्रम बढेपछि प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा प्रहरीले अनुसन्धानका लागि छुट्टै समिति बनाई खोजीकार्य अधि बढाएको थियो ।

प्रकाशित मिति : २२ भदौ २०७३, बुधबार  ९ : १३ बजे