१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तनुजाको हत्यारा भनिएका राजवंशी पक्राउ


१८ श्रावण २०७३, मंगलबार  

0
Shares

भद्रपुर । झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका भनिएका राजकुमार राजवंशीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको उत्तर प्रदेशमा पक्रेर नेपाल ल्याइएको छ ।

बुधबारे-५ झापास्थित डिल्लीराम प्रसाईंको घरमा दुई साता अघि मावलघर आएकी शान्तिनगर-१ की ११ वर्षीया तनुजा कोइरालाको बलात्कारपछि हत्या भएको थियो ।

उनलाई बलात्कारपछि हत्या गरेर फरार रहेका भनिएका प्रसाईंकै घरमा श्रमिक बसेका राजवंशीलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग मागेको थियो ।

राजवंशीलाई भारतको उत्तर प्रदेशको नन्दिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजवंशीलाई झापा ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
tanuja-hatyara-1

प्रकाशित मिति : १८ श्रावण २०७३, मंगलबार  ११ : ५६ बजे