१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय सरकार बनाउन पहल गर्ने माओवादी निर्णय


१२ श्रावण २०७३, बुधबार  

0
Shares

काठमाडौं १२, साउन / Prachanda1 नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा बस्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको बुधबार बसेको हेडक्वार्टर बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि विकसित राजनीतिक परिस्थितिको समिक्षा गरेको छ । बैठकले प्रचण्ड नेतृत्वमा बस्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सम्वद्ध राजनीतिक दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ ।

बैठकले वषर्ासँग आएको बाढी र पहिरो प्रभावितहरुको राहत तथा उद्दारलाई तिव्रता दिन सरकारको ध्यानाकषर्ण गराएको छ । बैठक भोलि पनि बस्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७३, बुधबार  ११ : ०६ बजे