१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाढीपिडितलाई राहत


१२ श्रावण २०७३, बुधबार  

0
Shares

गौरीगंज १२, साउन / झापाको गौरीगंज खजुरगाछीस्थित गौरीया खोलाका बाढी पीडितहरुलाई आज राहत वितरण गरिएको छ । इलाका प्रशासन कार्यालय गौरीगंजले जिल्ला दैवी प्रकोप उद्यार समिति झापाबाट प्राप्त नगद ३० हजार रुपैयाँ वितरण गरिएको छ । लगातारको बर्षाका कारण गौरीया खोलाबाट विस्थापित गौरीगंज –५ का ५ परिवार र खजुरगाछी –८ का २५ घर परिवार गरी जम्मा ३० घर परिवारलाई प्रति परिवार १ हजार रुपैयाँका दरले एक कार्यक्रमकाबीच इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आर्चायले वितरण गरेका छन् । इलाका प्रशासन कार्यालय परिसरमा जितरण गरिएको राहत कार्यक्रममा गौरीगंज र खजुरगाछीका राजनैतिक दलका प्रतिनिधि, संघ संस्था, समाजसेवी, बुद्विजीवि, पत्रकारलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम इलाका प्रशासन प्रमुख यज्ञ प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७३, बुधबार  १० : ३१ बजे