१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य आज देखि शुरु


१० श्रावण २०७३, सोमबार  

0
Shares

गौरीगंज १०, साउन / इलाका प्रशासन कार्यालय गौरीगंजले फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य आज देखि शुरु गरेको छ । गत चैत २६ गतेबाट गौरीगंजमा शुरु गरिएको इलाका प्रशासन कार्यालयले नागरिकहरुको सेवालाई ध्यानमा राखी नागरिकता, राहदानी, नाबालक परिचयपत्र, शान्ति सुरक्षा, ठाडो उजुरी, सिमा निरीक्षण, सीमा स्तम्भअवलोकन जस्ता कार्यहरु गर्दै आएको इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्यले बताए । आचार्यmे भने –‘ अब यस कार्यालयबाट नया नागरिकता लिने सेवाग्राही र पहिलेनै नागरिकता लिइसकेर मतदाता नामावलीको फोटो नखिचेका व्यक्तिहरुले यो सेवा लिन सक्ने छन् । आजैबाट इलाका प्रशासन कार्यालय गौरीगंजले आफ्नो सेवा सोहि घरको माथिल्लो तल्लामा स्थान्तरण गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७३, सोमबार  ९ : २३ बजे