१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खोलामा डुबेर वेपता


१० श्रावण २०७३, सोमबार  

0
Shares

गौरीगंज १०, साउन / झापाको गौरादह ५ स्थित गौरीया खोलामा डुबेर वेपता भएका वर्ष २१ कोअनुज न्यौपाने आज मृत अवस्थामा फेलामा परेका छन् । धुलाबारी घर भई मामला बसेर पढैदै आएका अनुज न्यौपाने हिजो अपरान्नह पौडी खेल्न खोलामा गएका थिए । पौडी खेल्ने क्रममा उनी बेपक्ता भएपछि साथीहरुले घर परिवारलाई जानकारी गराएका थिए ।
गौरादह इलाका प्रहरी कार्यालयको टोलीले आज विहान ९.३० बजे रुखको जरामा अडकिएको अवस्थामा फेला पारेको थियो । घटना भएको २०/२२ मिटर टाढा रुखको जरामा खुट्टा अडकिएर बालुवाले पुरिएको अवस्थामा प्रहरीले खोजी गर्ने क्रममा फेला पारेको थियो । त्यसैगरी सोही खोलामा हिजो बेपत्ता भएका वर्ष ३६ का टेकेन्द्र खड्का हाल सम्म फेला परेका छैनन् । उनी पुलबाट खोला तर्ने क्रममा बेपक्त भएका थिए । उनीको पनि खाजे कार्य भईरहेको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरीक्षक प्रकाश खावासले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७३, सोमबार  ९ : १८ बजे