१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाढी पीडितलाई राहत


१० श्रावण २०७३, सोमबार  

0
Shares

rahatगौरीगंज / झापाको गौरीगंज र खजुरगाछीको सीमामा रहेको गौरीया खोलाको बाढी पीडित बनेका ३० परिबारलाई राहत वितरण गरिएको छ । झापा उद्योग वाणिज्य संघ शाखा गौरीगंज खजुरगगाछीले यस स्थानका व्यापारीसंग चन्दा संकलन गरी उठाएको २६ हजार २ सय ३० रुपैयाबाट राहत वितरण लागेको वाणिज्य संघका अध्यक्ष मखना महतोले बताए । गौरीगंज वार्ड नं. ६ का ५ परिबार र खजुरगाछी वाड नं. ८ का २५ परिवारलाई प्रति परिवार ५ केजी चामल, १ केजी दाल, आधा केजी स्वाबिन, आधा लिटर तेल, १ केजी नुन, १ प्याकेट विस्कुट वितरण गरिएको छ । खाजुरगाछीस्थित वैजेश्वरनाथ शिवालय मन्दिरको परिसरमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई राहत गरिएको छ । झापा उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो गैदारको सभापतित्वमा र इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो । केही दिन देखि आएको अविरल वर्षाका कारण यस क्षेत्रका नदी तथा खोलाहरु पानीको बहाव वढी जनधनको क्षती पुर्याएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७३, सोमबार  ८ : ५७ बजे