१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा बाढीको बवन्डर , राहत वितरणमा ढिलासुस्ती


९ श्रावण २०७३, आइतबार  

0
Shares

गौरीगंज / jane1 अविरल वर्षापछिको वाढीले झापाका पाँच सय बढी घर डुवेको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार करिव ५ हजार जना बाढीबाट प्रभावित वनेका छन् । मेचीनगरका विभिन्न वडा, विर्तामोड, दुवागढी, भद्रपुर, सुरुंगा, दमक, गौरीगंज, खजुरगाछीसहित दक्षिण झापाका अधिकांश गाविस वाढीले प्रभावित भएका छन् ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार जिल्लाभर पाँच हजार वढी घर डुवेका छन् । सबभन्दा बढी दक्षिण झापाका गाविसका सर्वसाधारण प्रभावित भएका छन् ।

अविरल वर्षापछि मेची, पालिया, निन्दा, हडिया, देउनिया, अन्दुवा, कन्काई, विरिङ, टाङटिङ, कमल, रतुवा,गौरीया खोलालगायतका दर्जनौ नदी नालाहरुमा बाढी आएको छ । अन्दुवा नदीको बाढीले विर्तामोड डुबाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान अन्दुवा खोलाको सतह वढेर राजमार्गमै आएको थियो । प्रहरीका अनुसार अन्धुवाको बाढी पस्दा बिर्तामोड नगरपालिका क्षेत्रका करिव २ सय घर डुबाएको छ ।

रतुवा खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा लखनपुर २ र गौरादहका डेढ सय घर डुबेको प्रहरीले जनाएको छ ।

उता, दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको वाढी वस्दा मिलन वस्ती डुवेको छ । करिव आधा दर्जन घर विस्थापित भइ स्थानीय मदरसामा आश्रय दिएर राखिएको जिल्ला रेडक्रस झापाले जनाएको छ । भद्रपुर ५ को नयाँ वस्तीमा पनि सवा सय घर डुवेका छन् ।

अन्दुवा खोलाको वाढीले विर्तावजारवाट चारपाने जोड्ने कालोपत्रे बगाएको छ । भने गरामनी ३ हर्चनास्थित राजमार्गको कल्भर्ट पनि वगाएको छ । अविरल वर्षापछिको वाढीले झापाका पाँच सय बढी घर डुवेको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार करिव ५ हजार जना बाढीबाट प्रभावित वनेका छन् । मेचीनगरका विभिन्न वडा, विर्तामोड, दुवागढी, भद्रपुर, सुरुंगा, दमकसहित दक्षिण झापाका अधिकांश गाविस वाढीले प्रभावित भएका छन् ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार जिल्लाभर पाँच हजार वढी घर डुवेका छन् । सबभन्दा बढी दक्षिण झापाका गाविसका सर्वसाधारण प्रभावित भएका छन् ।

अविरल वर्षापछि मेची, पालिया, निन्दा, हडिया, देउनिया, अन्दुवा, कन्काई, विरिङ, टाङटिङ, कमल, रतुवालगायतका दर्जनौ नदी नालाहरुमा बाढी आएको छ । अन्दुवा नदीको बाढीले विर्तामोड डुबाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान अन्दुवा खोलाको सतह वढेर राजमार्गमै आएको थियो । प्रहरीका अनुसार अन्धुवाको बाढी पस्दा बिर्तामोड नगरपालिका क्षेत्रका करिव २ सय घर डुबाएको छ ।

रतुवा खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा लखनपुर २ र गौरादहका डेढ सय घर डुबेको प्रहरीले जनाएको छ ।

उता, दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको वाढी वस्दा मिलन वस्ती डुवेको छ । करिव आधा दर्जन घर विस्थापित भइ स्थानीय मदरसामा आश्रय दिएर राखिएको जिल्ला रेडक्रस झापाले जनाएको छ । भद्रपुर ५ को नयाँ वस्तीमा पनि सवा सय घर डुवेका छन् ।

अन्दुवा खोलाको वाढीले विर्तावजारवाट चारपाने जोड्ने कालोपत्रे बगाएको छ । भने गरामनी ३ हर्चनास्थित राजमार्गको कल्भर्ट पनि वगाएको छ ।

त्यसैगरी झापाको खजुरगाछी गाविसका २४ जना वाढीपीडित परिवारलाई आइतबार राहत वितरण गरिएको छ । खजुरगाछी गाउा विकास समितिले २० हजार रुपैयाा बराबरको खाद्यान्न वितरण गरेको हो । उनीहरुलाई चामल, दाल, चिउरा, नुन, दाल, भुजियालगायत खाद्यान्न सामग्री वितरण गरिएको खजुरगाछी गाविसका सचिव नारायण प्रसाद चादराले जानकारी दिनुभयो । साउन ५ गतेदेखि आएको अबिरल वर्षाका कारण गौरीया खोलाको बाढीले खजुरगाछी–६, ८ र ९ वार्डका २४ परिवारको घर भित्र पानी पसेको थियो । उनीहरुलाई अहिले स्थानान्तरण गरिएको छ । त्यसैगरी गौरीगंज गाविसका ५ जना वाढीपििडत परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७३, आइतबार  १० : ३२ बजे