३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

बोलबम,आज साउने सोमबार


३ श्रावण २०७३, सोमबार  

0
Shares

गौरीगंज ३, साउन / साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।pindeshwor-baba-dham
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पााच वटा सोमवार परेको छ । पााचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७३, सोमबार  ७ : ३५ बजे